images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफको साढे ४ लाख बढी...

हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

images
images
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता गरी कुल ४ लाख ५६ हजार ५३३ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवदेन दिन सक्नेछन्।

    images
    images

    शेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन परेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend