images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज (शुक्रबार) तीनवटा संसदीय समितिका बैठक...

आज (शुक्रबार) तीनवटा संसदीय समितिका बैठक बस्दै

आज (शुक्रबार) तीनवटा संसदीय समितिका बैठक बस्दै

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौँः संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका तय भएको छ । 

    images
    images

    बिहान ११ बजेका लागि बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा जवाफ दिन गृहमन्त्री रमेश लेखक उपस्थित हुने भएका छन् । 

    त्यसैगरि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ । 

    images
    images

    दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend