images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आजदेखि रिलायबल समृद्धि योजना म्युचुअल फण्डमा...

आजदेखि रिलायबल समृद्धि योजना म्युचुअल फण्डमा आवेदन दिन सकिने

आजदेखि रिलायबल समृद्धि योजना म्युचुअल फण्डमा आवेदन दिन सकिने

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड आजदेखि सार्वजनिक निष्कासन गरेको छ।यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ।

    images
    images

    फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो।यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि वैशाख ७ गतेसम्म रहनेछ तर उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ।

    क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ।लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालका साथै मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend