images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन...

शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालयको आग्रह

शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालयको आग्रह

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाण्डौ – आन्दोलनरत शिक्षकलाई तत्काल सडकबाट विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले सरकार र नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ ।

    images
    images

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले विज्ञप्ती निकालेर आपसी संवाद र वार्तामार्फत समस्याको निकास खोज्न आग्रह गरेको हो ।

    महासङ्घका अध्यक्ष गुणराज मुक्तानले निकालेको विज्ञप्तिमा संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न अनुरोध गरिएको छ ।

    images
    images

    साथै बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन, विद्यार्थी भर्नालगायतका कार्यलाई सहजीकरण गर्न देशभरिका विद्यालय व्यवस्थापन समितिलाई आह्वान गरिएको छ ।

    विज्ञप्तिमा समस्याको समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गरिएको छ । शैक्षिक हड्तालबाट झन्डै २८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध हुँदा परेको असर र अभिभावकमा अन्योलता छाएको प्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

    आन्दोलनकै कारण भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउदो २१ गतेदेखि गर्ने गरि परीक्षा १० दिन सारेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend