images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं ।  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरको नगद लाभांश छन्।

    घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend