images

२०८३ आश्विन २ गते

images
images
images

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ ।

    images
    images

    एबिएसले मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको सङ्ख्या छ हजारले वृद्धि भएको बताएको छ ।काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।

    एबिएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसङ्ख्या वृद्धि दरभन्दा बढी हो ।रोजगार–जनसङ्ख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ । यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्ड भन्दा थोरै हो ।

    images
    images

    काम गर्ने उमेरको जनसङ्ख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत भयो ।“३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो, यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत भयो”, एबिएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले भने । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend