images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • अब ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्यो, क्यूआर...

अब ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्यो, क्यूआर कोड दिन सुरु

अब ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्यो, क्यूआर कोड दिन सुरु

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौँ । बागमती प्रदेशबाट ब्लुबुकको क्यूआर कोड वितरण सुरु भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात कार्यालयहरूबाट ब्लुबुकको क्यूआर कोड वितरण थालिएको हो ।यो प्रणालीबाट सवारी साधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिन्छ । क्यूआर कोड भएपछि ब्लुबुक साथमा बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

    images
    images

    बागमती प्रदेशभर अब सवारी साधनको जाँचका क्रममा ब्लुबुकको क्यूआर देखाए पनि पुग्नेछ । ​ब्लुबुकको क्यूआर कोड प्राप्त गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको वेबसाइटभित्र रहेको प्रणालीमा गएर आफ्नो व्यक्तिगत विवरण र सवारी साधनको विवरण भर्नुपर्छ । विवरण भरेपछि यातायात कार्यालयमा जाने मिति बुक गर्नुपर्छ ।बुक गरेको मितिमा ब्लुबुकको सक्कल प्रति र नागरिकतासहित यातायात कार्यालयमा उपस्थित भएर प्रमाणित गरेपछि मोबाइलमा क्यूआर कोड प्राप्त गर्न सकिन्छ । 

    यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवकोटीले ब्लुबुक क्यूआर वितरण सुरु भएपनि सेवाग्राहीको संख्या थोरै भएको बताएका छन् ।शिवाकोटीले टेकपानासँग भने, “मिति बुक गरेर पनि कार्यालयमा नआएकाहरूलाई फोन गरेरै बोलाउन थालेका छौँ । प्रचारप्रसार हुँदै गएपछि क्यूआर कोड लिन आउनेहरू बढ्छन् भन्ने हाम्रो अपेक्षा हो ।”तर, अनलाइनबाट सबै काम हुनुपर्नेमा किन यातायात कार्यालय धाउन बाध्य बनाउनुभएको त ? 

    images
    images

    शिवाकोटीको जवाफ छ, “ब्लुबुक र सवारीधनी प्रमाणित गर्न अहिले कार्यालय आउनैपर्ने अवस्था छ, विस्तारै प्रविधिको स्तरोन्नति गर्दै गएपछि कार्यालय आउन नपर्ने व्यवस्था मिलाउँछौँ ।”१९ वैशाखमा  राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बागमती प्रदेशबाट जारी भएका ब्लुबुकका लागि क्यूआर कोड प्रणाली सुरुवात भएको थियो । तर सुरुवाती केही दिनसम्म मन्त्रालयले आवश्यक प्रविधि र प्रणाली हस्तान्तरण नगरेकाले यातायात कार्यालयहरूले क्यूआर कोड दिन पाएका थिएनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend