images

२०८३ आश्विन २ गते

images
images
images

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । लगभग ९० हजार मानिसहरूले काम पाएपनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा लगातार दोस्रो महिनामा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ । 

    images
    images

    मार्च र अप्रिलको बीचमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको संख्या ८९ हजारले बढेको र सोही अवधिमा बेरोजगारहरूको संख्या ६ हजारले बढेको बताएको छ । काम पाएका ८९ हजार मानिसहरूमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय कामदारहरूमा थियो । जुन ४२ हजारले बढेको थियो । विगत १२ महिनामा रोजगारी ३ लाख ९० हजार मानिसहरूले वा २.७ प्रतिशतले बढेको छ । एबीएसले जनसंख्याको अनुपातमा रोजगारी अनुपात मार्चमा ६४.१ प्रतिशतबाट बढेर अप्रिलमा ६४.४ प्रतिशत पुगेको बताएको छ । 

    जुन जनवरीमा तोकिएको ६४.५ प्रतिशतको रेकर्ड–उच्च भन्दा ठिक कम हो । सहभागिता दर जसले रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका काम गर्ने उमेर समूहको जनसंख्याको अनुपात मापन गर्दछ । मार्च र अप्रिल बीच ६६.८ बाट बढेर ६७.१ प्रतिशत पुगेको छ । ३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दरमा सबैभन्दा ठूलो वार्षिक वृद्धि भएको छ । १.९ प्रतिशत अंकले बढेर ८८.३ प्रतिशत पुगेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend