images

२०८३ आश्विन २ गते

images
images
images

हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री

हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । ‎हिमताल फुटेर आएको बाढी/पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएको छ।‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामललगायतका राहत सामग्री पठाइएको जानकारी दिए।‎उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १/१ क्वीन्टल भुजा, चिउरा, १० प्याकेट चिया पठाइएको छ। ‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधी पठाइएको उनले बताए।

    images
    images

    ‎‎चारवटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ। ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएका छौं। सामान पुगिसकेको छ,’ उनले भने।‎तिलगाउँमा बाढी/पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन्।‎बाढी/पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसालगायत सार्वजनिक पूर्वाधारमा क्षति पुगेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पठाइएको बताए।

    उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पठाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend