images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • २६ उपसचिवको सरुवा स्थानीय तहको प्रमुख...

२६ उपसचिवको सरुवा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ४ जनालाई

२६ उपसचिवको सरुवा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ४ जनालाई

images
images
शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • download.png
    undefined

    काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

    images
    images

    लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना र विभिन्न निकायमा कार्यरत ३ जना उपसचिवको शुक्रबार सरुवा गरिएको हो।

    मन्त्रालयले अतिरिक्त समूहका २३ उपसचिवमध्ये ४ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिका, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

    images
    images

    यसैबीच, जिल्ला समन्वय समिति झापाका अकबर प्रधान, जिल्ला समन्वय समिति स्याङ्जाका रुकु शर्मा र कटारी नगरपालिका उदयपुरका राजमणि निरौलालाई मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend