images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपालमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई...

नेपालमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बरको आग्रह

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  •  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलंकाका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।श्रीलंका भ्रमण क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल–श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलन क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

    images
    images

    नेसनल चेम्बर अफ कमर्स श्रीलंकाका पदाधिकारीसँगको भेटमा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।नेपालमा लगानीका क्षेत्रबारे श्रीलंकाका व्यवसायीलाई जानकारी दिँदै अग्रवालले दुई देशको निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ ।

    कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसर, लगानीका चुनौती नीति तथा कानुनी संरचना लगायत विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलंकाली निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend