काठमाडौंः सार्वजनिक यातायात बन्द गर्दै आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीच सोमबारको वार्ता निष्कर्षमा पुग्न सकेन।
६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा अड्किँदा वार्ता निष्कर्ष विहीन बनेको हो। महासंघका महासचिव सरोज सिटौलाले भने, सोमबारको बार्ता सकारात्मक ढंगले अगाडि बढेको छ। आज बिहान साढे १० बजे पुन वार्ता बस्ने सहमति भएको छ।’
आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीहरूको माग सम्बोधनका लागि छलफल गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो। सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसँग गृह मन्त्रालयमा छलफल गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक रहेका छन्।
सोमबार बसेको बैठकमा सरकारी वार्ता टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थले गरेका थिए। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरूले सात बुँदे माग अघि सारेका छन्।




.gif)





