काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अठारौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १० गते नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीले जेठ २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ २७ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)





