images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एमआरपी र लेबलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा...

एमआरपी र लेबलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

एमआरपी र लेबलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेबलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।  उपाध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै  एमआरपी र लेवलिङ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो ।

    images
    images

    चेम्बरद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार हो, उक्त हकबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र माल वस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडि बढाइनु पर्नेमा सो कार्य अगाडी नबढाई, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले राज्यको ऐन, कानून, नियम मान्ने आधिकारिक उद्योगी, व्यवसायीहरू भने मर्कामा परेका छन्, ।’ 

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिम स्वदेशी तथा आयातित सम्पूर्ण बस्तुहरूमा खुद्रा विक्री मूल्य एमआरपी सहितको लेबल राख्नका लागि गरेको सूचना एवं विभागले हाल गरिरहेको बजार अनुगमन र अनावश्यक कारबाहीले शिथिल भइरहेको एवं बिग्रँदै गइरहेको औद्योगिक वातावरण झनै बिग्रने चेम्बरले उल्लेख गरेको छ । लेबलिङ र खुद्रा विक्री मूल्य एमआरपीका सम्बन्धमा उपभोक्ता र व्यापारीमा प्रचार प्रसार गरी हाल विवादमा आएका विषयहरू आपसी छलफलबाट टुङ्ग्याउने सहमति भए पनि उक्त सहमति विपरीत विभागले अनावश्यक रूपमा उद्यमी व्यवसायीलाई धम्क्याउने गरेको पाइएको चेम्बरले जनाएको छ ।

    images
    images

    उद्यमी व्यवसायीलाई अनावश्यक रूपमा धम्क्याउने तथा दण्ड सँजायको काम बन्द गर्न पनि चेम्बरले आग्रह गरेको छ । कुनै पनि व्यापारी एवं व्यवसायीले गैरकानूनी एवं अनधिकृत कार्य गरेमा सो कार्यमा नेपाल चेम्बर अफ कमर्सको समर्थन नरहने समेत चेम्बरले स्पष्ट पारेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend