काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । इन्स्योरेन्सले जेठ ३० गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।
यस अनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० कित्ता साधारण शेयर बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।




.gif)





