images

२०८३ आश्विन २ गते

images
images
images

गाजामा सहायता लैजाँदै, इजरायली रोकावटको सम्भावना

गाजामा सहायता लैजाँदै, इजरायली रोकावटको सम्भावना

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानी जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानी जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ ।

    images
    images

    इजरायली रक्षा मन्त्री इस्राएल काट्जले एक विज्ञप्ति मार्फत् जानकारी दिँदै भने, “मैले सुरक्षाकर्मीहरूलाई म्याडलीन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु ।”

    उनले उक्त अभियानका केही सहभागीहरूलाई लिएर गम्भीर टिप्पणी गर्दै भने, “गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईँहरूलाई त्यहाँ पुग्न दिइने छैन ।”

    images
    images

    म्याडलीन नामक जहाज जुन १ मा इटालीबाट प्रस्थान गरेको हो । यो जहाज स्वतन्त्र राहत अभियान समूहद्वारा सञ्चालन गरिएको हो । अभियानको उद्देश्य लामो समयदेखि जारी गाजाको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका जनतालाई राहत सामग्री पु¥याउनु हो ।

    आयोजकहरूका अनुसार जहाज हाल इजिप्टको जलक्षेत्रमा प्रवेश गरिसकेको छ र गाजातर्फ अगाडि बढिरहेको छ । गाजामा जारी द्वन्द्व अहिले २१ औँ महिनामा प्रवेश गरिसकेको छ ।

    रक्षा मन्त्री काट्जले भने,  “इजरायलले गाजातर्फ कुनै पनि किसिमको नाकाबन्दी तोड्ने प्रयासलाई स्वीकार गर्ने छैन, जसको उद्देश्य हमास जस्ता आतङ्ककारी समूह सम्म हातहतियार पु¥याउने सम्भावना हुन सक्छ । इजरायल शान्ति र सुरक्षा कायम राख्न प्रतिबद्ध छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend