images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • फागुनसम्म ९ हजार बढी उद्योग दर्ता,...

फागुनसम्म ९ हजार बढी उद्योग दर्ता, ७ लाख ३१ हजारले पाए रोजगारी

फागुनसम्म ९ हजार बढी उद्योग दर्ता, ७ लाख ३१ हजारले पाए रोजगारी

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौँ । उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन् । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएको उल्लेख गरिएको छ । उद्योग विभागमा दर्ता भएका उद्योगमध्ये ठुला १५ प्रतिशत, मझौला २२ प्रतिशत र साना उद्योगको ६३ प्रतिशत हिस्सा रहेको छ । पछिल्लो अवधिमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी साना उद्योगको हिस्सा बढी देखिएको छ । ठुला उद्योगहरूमा भन्दा पनि साना उद्योगमा लगानी गरी दर्ता गर्ने बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा कुल स्वीकृत लगानी ३२ खर्ब ४८ अर्ब ७ करोड रहेको छ । आर्थिक सर्वेक्षणका अनुसार ठुला ८३ प्रतिशत,  मझौला १० प्रतिशत र साना उद्योगको ७ प्रतिशत हिस्सा रहेको छ । फागुनसम्म दर्ता भएका करिब १० हजार उद्योगबाट २०८१ फागुनसम्म ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान सरकारले गरेको छ ।

    images
    images

    उद्योग विभागका अनुसार पछिल्लो पाँच महिनामा मात्रै २६८ नयाँ उद्योग स्थापना भएको छ । जसमध्ये माघ महिनामा ४९,फागुनमा ५२,चैतमा ४९,वैशाखमा ६९ र जेठमा ४९ उद्योग स्थापना भएका छन् । २०८२ लागेसँगै उद्योग दर्ता बढेको देखिन्छ । वैशाख महिनामा मात्रै ६९ उद्योग दर्ता भएर वैशाख र जेठ महिनामा मात्रै ११८ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षमा फागुनसम्म उद्योग विभागमा थप ४ सय ३८ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।उद्योग विभागमा दर्ता भएका जम्मा ४ सय २७ परियोजनामा ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । २०८१ फागुनसम्म उद्योग विभागमा दर्ता भएका ६ हजार ९ सय ८२ परियोजनामा ५ खर्ब ८० अर्ब ८४ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको देखिएको छ ।

    आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै  उत्पादनमूलक उद्योगमा ३५.८४ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, सेवामूलक २५.७९ प्रतिशत र पर्यटन उद्योगको २३.१० प्रतिशत हिस्सा रहेको छ । सबैभन्दा  न्यून भने पूर्वाधारसम्बन्धी उद्योगको ०.७६ प्रतिशत रहेको छ ।फागुनसम्म लगानीका आधारमा ऊर्जामूलक उद्योगमा ५६.५५ प्रतिशत, उत्पादनमूलक उद्योगमा २०.९६ प्रतिशत, पर्यटनमूलक उद्योगमा ९ प्रतिशत र सबैभन्दा न्यून खनिज उद्योगमा ०.२९ प्रतिशत लगानी स्वीकृत भएको छ ।त्यस्तै गत फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये सेवामूलक क्षेत्रमा २९.३ प्रतिशत, ऊर्जामूलक क्षेत्रमा २५.५, पर्यटन क्षेत्रमा २४ र उत्पादनमूलक क्षेत्रमा १४ प्रतिशत लगानी रहेको छ। खनिज क्षेत्रका उद्योगमा सबैभन्दा न्यून १.५ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ ।२०८१ फागुनसम्म विदेशी लगानी स्वीकृत भएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४ प्रतिशत र भारतको १९.४ प्रतिशत रहेको छ। यसैगरी स्वीकृत लगानी सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ४०.९ प्रतिशत र भारतको १२.६ प्रतिशत रहेको छ ।

    images
    images

    ९ महिनामा ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता

    उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८५ करोड ६९ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ ।

    अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

    सेवामुलुक क्षेत्रमा उच्च लगानी 

    विभागका अनुसार ९ महिनाको अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने प्राप्त भएको छ । चालु आवको ९ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७  लाख प्राप्त भएको छ । यो क्षेत्रका ६३ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो ।पर्यटन क्षेत्रका १८९ वटा उद्योगहरूका लागि १८ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादन मुलुक क्षेत्रका ३४ उद्योगका लागि २ अर्ब ७४ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका १८५ वटा उद्योगका लागि १ अर्ब ११ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend