images

२०८३ आश्विन २ गते

images
images
images

बालेनविरुद्ध अख्तियारमा उजुरी

बालेनविरुद्ध अख्तियारमा उजुरी

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

    images
    images

    ‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ । उजुरीमा महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend