images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भिजिट भिसाको नाउँमा चलखेल ? प्रचण्डको...

भिजिट भिसाको नाउँमा चलखेल ? प्रचण्डको योजना र रास्वपाको आपत्ति

भिजिट भिसाको नाउँमा चलखेल ? प्रचण्डको योजना र रास्वपाको आपत्ति

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौंः भिजिट भिसा प्रकरणमा माओवादीले च्याखे दाउ थापेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीमाथि छानबिन नै मुल माग राखेर १३ जेठ देखि प्रतिपक्षी दल एक जुट भएर संसद अवरोध गर्दै आएपनि अन्तिममा आएर माओवादी अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले कांग्रेस  एमाले सँग २ बुँदे सहमति गरिदिएका छन्। भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने र अध्यागमन कार्यालयमा विगत देखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गने सहमति छ। यसरी बीचमै आफूहरुलाई धोका दिएको भन्दै रास्वपा भने प्रचण्ड सँग फायर भएको छ। रास्वपाले भने उच्चस्तरीय वा संसदीय छानबिन समिति सहित पाँच बुँदे प्रस्ताव अघि सारेको थियो। प्रचण्डले भने अहिले  कांग्रेस  सँग सम्बन्ध नबिगार्ने रणनीति अनुसार २ बुँदे सहमति गरेका हुन्।

    images
    images

    हुन् त भिजिट भिसा प्रकरणमा माओवादी संसदमा केही कडा देखिए पनि रास्वपा, एकीकृत समाजवादी र राप्रपा जसरी उग्र थिएन। उसले संसदमा विरोध गर्ने र बाहिर मिलनविन्दु खोज्ने रणनीति अख्तियार गरेको थियो। खासमा अहिले रहेको एमाले र कांग्रेसको गठबन्धन कुनै पनि बेला टुट्न सक्ने र त्यसबेला कांग्रेससँग सत्ता साझेदारी गर्नुपर्ने माओवादीको बुझाइ छ। त्यही भएर प्रचण्डकै रणनीति अनुसार अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा संसदमा बजेट प्रस्तुत गर्न पाएका थिए। त्यसपछि माओवादी एकाएक लचिलो बन्दै जाँदा रास्वपाले भने ५ बुँदे प्रस्ताव अघि सारेको थियो।

    खासगरी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेपछि तिरमिराएको रास्वपाका लागि भिजिट भिसा गतिलो एजेन्डा बनेको थियो। किनकी भिजिट भिसामा गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने कारण पनि छन्। जस्तो, लेखकले रोजेर अध्यागम कार्यालय प्रमुख बनाएर पठाएका तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा छन्। उनी २४ घन्टा अख्तियारको नियन्त्रणमा पुगेका थिए। त्यति मात्र होइन यो प्रकरणमा गृहमन्त्री लेखककै सचिवालयका कर्मचारी पनि अनुसन्धानको घेरामा छन् भने अध्यागमनका केही कर्मचारी पक्राउ परिसकेका छन्। तर, प्रचण्डको साथ पाउँदा कांग्रेसलाई सहज बनेको हो। प्रतिनिधिसभा शुक्रबार १ बजे सम्मका लागि स्थगित छ। अब शुक्रबार रास्वपा कुन रुपमा प्रकट हुन्छ त्यो बाँकी छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend