images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • साउदी अरेबियाको आरोपः इजरायलले अन्तर्राष्ट्रिय नियम...

साउदी अरेबियाको आरोपः इजरायलले अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्‍यो

साउदी अरेबियाको आरोपः इजरायलले अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्‍यो

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौंः साउदी अरेबियाले इरान माथि भएको इजरायली आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । रियादले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन र इरानको सार्वभौमिकता माथिको प्रहार भनेको छ ।

    images
    images

    साउदी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “साउदी अरब अधिराज्य भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध भएको इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना गर्दछ । यो आक्रमणले इरानको सार्वभौमिकता र सुरक्षालाई कमजोर बनाउँदै अन्तर्राष्ट्रिय कानून तथा मान्यताहरूको स्पष्ट उल्लङ्घन गरेको छ ।”

    विज्ञप्तिमा आक्रमणलाई ‘जघन्य’ भन्दै यसलाई तुरुन्त रोक्नका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले जिम्मेवारी लिनुपर्नेमा जोड दिइएको छ ।
    उल्लेखनीय छ, लामो समय देखि एकअर्काका प्रतिद्वन्द्वी रहेका साउदी अरेबिया र इरान बीच गत वर्ष मात्रै चीनको मध्यस्थतामा ऐतिहासिक मेलमिलाप भएको थियो । शुक्रबारको आक्रमण पछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसले खाडी क्षेत्रमा थप द्वन्द्व फैलिने त्रास बढाएको छ ।

    images
    images

    यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको सैन्य कारबाही ‘आवश्यकसम्म जारी रहने’ बताउनु भएको छ, जसले गर्दा मध्य पूर्वमा तनाव थप चर्किने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend