images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • राजस्व संकलनमा उत्साहजनक वृद्धि, गत वर्षको...

राजस्व संकलनमा उत्साहजनक वृद्धि, गत वर्षको तुलनामा ८८ अर्ब बढी

राजस्व संकलनमा उत्साहजनक वृद्धि, गत वर्षको तुलनामा ८८ अर्ब बढी

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौंः चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

    images
    images

    अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो।

    गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो। अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिना सम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

    images
    images

    चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend