images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • वित्तीय वर्षको सफलताः कैलाली भन्सारद्वारा ७...

वित्तीय वर्षको सफलताः कैलाली भन्सारद्वारा ७ अर्बभन्दा बढी राजस्व संकलन

वित्तीय वर्षको सफलताः कैलाली भन्सारद्वारा ७ अर्बभन्दा बढी राजस्व संकलन

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • अत्तरियाः कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्त सम्म उक्त रकम सङ्कलन भएको हो ।

    images
    images

    कार्यालयले भन्सार महसुल तर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकर तर्फ रु दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्क तर्फ रु १९ करोड ५१ लाख र अन्य तर्फ रु एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ।

    चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

    images
    images

    त्यसैगरी माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड ८० लाख, वैशाखमा रु ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ ।

    बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थ लगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

    गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend