काठमाडौंः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ। कम्पनीको ३७औँ वार्षिक साधारणसभाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ५% नगद लाभांश पारित भएको हो।
साधारण सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले हालको चुनौतीपूर्ण आर्थिक परिवेश बीच पनि कम्पनीले सन्तोषजनक व्यवसायिक प्रगति गरेको बताइन्।
प्रमुख वित्तीय विवरणहरूः
कुल बीमा शुल्कः २१.९०% ले वृद्धि भई २० अर्ब ४९ करोड रुपैयाँ
बीमा करार दायित्वः २१.७०% ले वृद्धि भई ७९ अर्ब ६० करोड रुपैयाँ
दाबी भुक्तानीः ८ अर्ब ३२ करोड रुपैयाँ
कुल लगानीः १७.३५% ले वृद्धि भई ७० अर्ब १५ करोड रुपैयाँ
वार्षिक औसत प्रतिफल दरः ९.१७%
कम्पनीले आर्थिक सूचकहरू सुदृढ बनाउँदै लगानीमा सन्तोषजनक प्रतिफल सुनिश्चित गरेको जनाएको छ। आगामी वर्षहरूमा अझ सशक्त सेवा र लगानी नीतिका माध्यमबाट बीमा व्यवसाय विस्तार गर्ने योजनामा कम्पनी रहेको जनाइएको छ।




.gif)





