काठमाडौँः सिन्धुली, काभ्रे र रामेछापका सुरक्षा समन्वय समितिको शुक्रबार बसेको बैठकले बीपी राजमार्गमा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, भोलिदेखि साँझ ६ः३० देखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुवाहक सवारी साधन चलाउन निषेध गरिएको हो ।
यो निर्णय विशेषगरी काभ्रेको काभ्रे भञ्ज्याङ देखि सिन्धुलीको खुर्कोट सम्मको जोखिम युक्त सडक खण्डलाई मध्यनजर गर्दै गरिएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी दिने तयारी गरेका छन् ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले अन्तर जिल्ला सहकार्य र समन्वय मार्फत यात्रुहरूलाई सुरक्षित र सहज यात्राको व्यवस्था गर्न सकिने बताएका छन् ।




.gif)





