images

२०८३ आश्विन २ गते

images
images
images

स्वस्तिक लघुवित्तको दुई करोड ३१ लाखको सेयर बिक्रीका लागि प्रस्ताव

स्वस्तिक लघुवित्तको दुई करोड ३१ लाखको सेयर बिक्रीका लागि प्रस्ताव

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपीओ) बिक्रीका लागि अनुमति दिएको छ।

    images
    images

    बोर्डले यही असार ५ गते सो संस्थालाई दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो।

    माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बोर्डले चालू आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ।

    images
    images

    त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन्। समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ।

    त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा ४४ कम्पनी छन्। त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन्। कुल ३५ जलविद्युत् कम्पनी साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend