images

२०८३ आश्विन २ गते

images
images
images

आज चार वटा संसदीय समितिको बैठक बस्दै,के छन कार्यसूची ?

आज चार वटा संसदीय समितिको बैठक बस्दै,के छन कार्यसूची ?

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौँः सङ्घीय सांसद अन्तर्गत आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो । 

    images
    images

    आज बिहान साढे ११ः०० बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरू सँग छलफल हुनेछ । 

    आज दिउँसो १ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उप समितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।

    images
    images

    आज बिहान ९ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    आज बिहान ११ः०० बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने  कार्यसूची रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend