काठमाडौंः संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ ।
बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान साढे ८ः०० बजे सुरु हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुँदै छ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ ।
बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ । ।
बैठक बिहान ८ः०० बजेका लागि बोलाइएको छ ।




.gif)





