images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं।नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ । 

    images
    images

    इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रदका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend