images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले लिए...

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहणसमेत गरेका हुन् ।

    images
    images

    कार्कीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रूपमा सेवा गरिसकेका छन् ।

    त्यसैगरी उनले निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका छन् । यसका साथै, अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर कार्यानुभव हासिल गरेका छन् ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend