काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि कम्पनीले २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ ।
वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । साउन ९ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।
गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।




.gif)





