images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • संघीय संसदका ४ समितिको बैठक बस्दै...

संघीय संसदका ४ समितिको बैठक बस्दै आज (कार्यसूचीसहित)

संघीय संसदका ४ समितिको बैठक बस्दै आज (कार्यसूचीसहित)

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौँः आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

    images
    images

    आज बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ बारे नेपाल कानुन आयोग सँग र संशोधनकर्ता सांसदहरु सँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै दिउसो १ः०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरु सँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।

    images
    images

    त्यस्तै दिउसो १ः०० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वनको अवस्था र समितिको कामकारबाहीको समिक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान ११ः०० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा सो सम्बन्धमा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदन माथि छलफल तथा पारित गर्ने, सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्राप्त प्रगति विवरण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend