images

२०८३ आश्विन २ गते

images
images
images

विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले लिए सेवा

विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले लिए सेवा

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • धादिङबेँसी । धादिङमा भएको निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरमा चार सय एक जनाले सेवा लिएका छन् । गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको शिविरमा चार सय एक जनाले सेवा लिएका हुन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीले शिविर आयोजना गरेको हो ।  

    images
    images

    शिविरमा ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसूति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा, ५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले इसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिनुभयो ।

    शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरिएको डाक्टर रेग्मीले बताउनभयो । संस्थाले विगतका दिनहरूदेखि नै सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष विक्रम विकले जानकारी दिनुभयो । शिविरले शिविर सञ्चालन गरिएको क्षेत्र आसपासका नागरिकको स्वास्थ्य अवस्थाको जानकारी भएको र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने संदेश दिएको उहाँले बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend