images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • वीरगञ्ज भन्सारमा गाभियो सुक्खा बन्दरगाह,एकीकृत कार्यालयबाट...

वीरगञ्ज भन्सारमा गाभियो सुक्खा बन्दरगाह,एकीकृत कार्यालयबाट सेवा प्रवाह प्रारम्भ

वीरगञ्ज भन्सारमा गाभियो सुक्खा बन्दरगाह,एकीकृत कार्यालयबाट सेवा प्रवाह प्रारम्भ

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ । 

    images
    images

    यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । 

    सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्‍याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताए।यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयल गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend