images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सेवा प्रवाह समयमा नगर्ने ३१ जना...

सेवा प्रवाह समयमा नगर्ने ३१ जना कर्मचारीलाई अन्यत्र सरुवा

सेवा प्रवाह समयमा नगर्ने ३१ जना कर्मचारीलाई अन्यत्र सरुवा

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ। सेवाग्राहीको सेवा समयमा नगरेको र स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइल समेत सदर नगरेको जस्ता गुनासो आएपछि सोमबार कम्प्युटर निर्देशक सहित ती कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको हो।

    images
    images

    मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णय अनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। सरुवा हुने कर्मचारीहरूमा शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगी समेत रहेका पनि छन्।

    उद्योगमन्त्री स्तरीय निर्णय अनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणाली मार्फत गरिने कम्पनी प्रशासन सम्बन्धी सेवाका सम्बन्धमा प्राप्त गुनासोलाई मध्यनजर गरी कार्यालयको स्थलगत अनुगमन गरिएको थियो। प्रवक्ता बस्नेतले सो कार्यालयको सेवालाई सरल, चुस्त, पारदर्शी र थप प्रभावकारी बनाउने लक्ष्यका साथ मन्त्रिस्तरीय निर्णय भएको बताए। सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले कार्यालयको स्थलगत निरीक्षण गरेको थियो।

    images
    images

    कार्यदल एवं छानबिन समितिले कम्पनी ऐन तथा प्रचलित कानुन बमोजिम प्रणालीगत सुधार र प्रक्रियागत सरलीकरण गरी अनलाइन सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन समेत कार्यालयलाई निर्देशन दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend