images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आजबाट आवेदन...

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज साउन ६ गते मंगलबारदेखि हकप्रद सेयर खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको हो । यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गरेको छ ।

    images
    images

    यो हकप्रदमा कम्पनीका सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर अनलाइन एपबाट पनि आवेदन दिन सक्नेछन्। यसका लागि लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्। 

    कम्पनीको हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ ३० गते बुकक्लोज गरेकोले  जेठ २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन्।हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend