images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको...

विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको कोरोना भाइरस नेपालमा पनि देखियो

विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको कोरोना भाइरस नेपालमा पनि देखियो

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । देशभरका विभिन्न भौगोलिक क्षेत्रहरूबाट सन् २०२५ को जुन महिनामा संकलन गरिएका ४४ वटा सार्स-कोभ-२ (कोरोना भाइरस) का नमुनाहरुमा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोन भेरिएन्ट  देखिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूका अनुसार ती नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोन (जेएन.१), २९ वटा नमुनामा ओमिक्रोन (एक्सएफजी) र बाँकी १४ वटा नमुनामा ओमिक्रोन ((एक्सएफजी.३) उपभेरिएन्ट पाइएको हो।

    images
    images

    प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुबेदीका अनुसार हाल पत्ता लागेका यी उपभेरिएन्टहरूमध्ये एक्सएफजीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले “भेरियन्ट अन्डर मनिटरिङ” को सूचीमा राखेको छ। यसको अर्थ उक्त उपभेरिएन्टमा विशेष निगरानी राख्नुपर्ने मानिन्छ, यद्यपि हालसम्म गम्भीर चिन्ता वा उच्च जोखिमको सूचक भने नभएको जनाइएको छ।

    यो रिपोर्टले नेपालमा हाल देखिएको कोभिड-१९ को प्रचलन ओमिक्रोन भेरिएन्टमै सीमित रहेको पुष्टि गर्छ। हालसम्मका वैज्ञानिक तथ्यले ओमिक्रोनका अधिकांश उपभेरिएन्टहरू तुलनात्मक रूपमा कम घातक भए तापनि ती अत्यधिक संक्रामक हुने सम्भावना रहेको जनाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend