images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • नवलपरासी यातायात कार्यालयद्वारा २१ करोड बढी...

नवलपरासी यातायात कार्यालयद्वारा २१ करोड बढी राजस्व संकलन, करिब ९ प्रतिशत वृद्धि

नवलपरासी यातायात कार्यालयद्वारा २१ करोड बढी राजस्व संकलन, करिब ९ प्रतिशत वृद्धि

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौँः नवलपरासी,यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले आर्थिक वर्ष २०८१।०८२ मा कुल २१ करोड ५० लाख ६९ हजार २० रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कार्यालयले करिब ९ प्रतिशत राजस्व वृद्धि गर्न सफल भएको हो। गत वर्ष सो कार्यालयले २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको थियो।

    images
    images

    कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष संकलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारी करबाट आएको हो। सवारी करबाट १६ करोड १२ लाख ९३ हजार ५ सय ४५ रुपैयाँ संकलन भएको छ।
    त्यसैगरी,

    सवारी नवीकरणबाटः १ करोड १७ लाख ११ हजार रुपैयाँ

    images
    images

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स)बाटः ३ करोड ६८ हजार रुपैयाँ

    रुट परमिट तथा इजाजतपत्रबाटः ६२ लाख ६५ हजार ६८० रुपैयाँ

    आयकर शीर्षकबाटः ५७ लाख ३० हजार ७ सय ९५ रुपैयाँ संकलन गरिएको हो।

    कार्यालय प्रमुख श्यामलाल न्यौपानेका अनुसार कार्यालयले सवारी कर नवीकरण, लुम्बिनी प्रदेश भित्रका रुट परमिट तथा जाँचपास नवीकरण लगायतका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। साथै, मोटरसाइकल, स्कुटर, कार र अटो रिक्साका लागि नयाँ सवारी चालक अनुमतिपत्र वितरण समेत भइरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend