झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेकाहरुका लागि बिक्री खुला गरेको आईपीओमा आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता र आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता आईपीओ निष्कासन गरिरहेको छ ।
आयोजना प्रभावितले भने साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।




.gif)





