images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ट्रम्पले गरे श्रम तथ्याङ्क ब्युरोका आयुक्तलाई...

ट्रम्पले गरे श्रम तथ्याङ्क ब्युरोका आयुक्तलाई पदबाट बर्खास्त

ट्रम्पले गरे श्रम तथ्याङ्क ब्युरोका आयुक्तलाई पदबाट बर्खास्त

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोकी आयुक्त एरिका म्याकएन्टार्फरलाई पदबाट बर्खास्त गरेका छन्। ट्रम्पले उनीमाथि राजनीतिक उद्देश्यका लागि तथ्यांक हेरफेर गरेको र ब्युरोले प्रस्तुत गरेको रोजगार रिपोर्ट गलत भएको आरोप लगाएका छन्।

    images
    images

    यो निर्णय ब्युरोले जुलाईको रोजगार रिपोर्ट सार्वजनिक गरेको केही घण्टापछि आएको हो। रिपोर्टअनुसार, मे र जुन महिनामा गैर-कृषि रोजगारीमा पूर्वानुमानभन्दा धेरै कम, जम्मा ७३ हजार मात्र वृद्धि भएको देखिएको थियो। यसबाहेक, मे र जुनका लागि पहिले रिपोर्ट गरिएका रोजगारी संख्यालाई पनि २ लाख ५० हजारभन्दा बढीले संशोधन गरिएको थियो।

    तत्कालीन राष्ट्रपति जो बाइडेनले म्याकएन्टार्फरलाई जुलाई २०२३ मा यस पदका लागि नियुक्त गरेका थिए। ट्रम्पको यो कदमले अमेरिकामा तथ्यांकको विश्वसनीयता र राजनीतिक हस्तक्षेपबारे बहस सिर्जना गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend