images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • साउनको तेस्रो सोमबारः पशुपतिनाथमा भक्तजनको घुइँचो,...

साउनको तेस्रो सोमबारः पशुपतिनाथमा भक्तजनको घुइँचो, शिव आराधनामा व्रतालुहरु तल्लीन

साउनको तेस्रो सोमबारः पशुपतिनाथमा भक्तजनको घुइँचो, शिव आराधनामा व्रतालुहरु तल्लीन

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौंः आज साउन महिनाको तेस्रो सोमबार, हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्वको दिन। सोमबार भगवान शिवको आराधना गरिने दिन भएकाले पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनहरूको भिड लागेको छ।

    images
    images

    शास्त्र अनुसार सोमबारको दिन देवों के देवु महादेव शिवको व्रत बसी पूजा गरिन्छ। व्रतालुहरू बिहान सूर्योदय सँगै उपवास सुरु गरी बेलुका सूर्यास्त पछि मात्र भोजन गर्छन्। दिनभर शिव तथा पार्वतीको पूजा आराधना गरिन्छ, जसअघि गणेशको पूजा अनिवार्य मानिन्छ।

    साउन सोमबारको व्रतले भक्तजनको मनोकामना पूरा हुने, ज्ञान प्राप्ति हुने विश्वास गरिन्छ। विशेषगरी अविवाहित युवतीहरूले योग्य पति प्राप्त होस् भन्ने कामना गर्दै व्रत बस्ने परम्परा अझै जीवित छ।

    images
    images

    शिवभक्तहरूको श्रद्धा र आस्थाले आज पशुपतिनाथ क्षेत्रमा उल्लासपूर्ण धार्मिक वातावरण देखिएको छ। सुरक्षाका दृष्टिले मन्दिर परिसरमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend