images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • असोज १ बाट सबै सवारीमा अनिवार्य...

असोज १ बाट सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

असोज १ बाट सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौँः साउन २०, सरकारले सवारी व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले आगामी २०८२ साल असोज १ गतेदेखि देशभर सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ।

    images
    images

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको संघ तथा प्रदेश सरकारका मन्त्री र सचिवहरूको विषयगत समिति बैठकले यो निर्णय गरेको हो। अबदेखि सबै प्रदेशका यातायात कार्यालयबाट सवारी दर्ता, नामसारी तथा नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनेछ। यस कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग गर्ने र ट्राफिक प्रहरी परिचालन गरिनेछ।

    बैठकले रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ छिटो सुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई भदौ मसान्तभित्र प्रक्रिया थाल्न आग्रह गर्ने निर्णय पनि गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशले खरिद प्रक्रिया अघि बढाइसकेका कारण उनीहरूलाई छपाइ अनुमति दिन केन्द्रलाई अनुरोध गरिएको छ।

    images
    images

    त्यसैगरी, बैठकले १० वर्षे लाइसेन्सको राजस्वमा एकरूपता ल्याउने, यातायात क्षेत्रको तथ्याङ्क डिजिटलाइज गर्ने, भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न साझा मापदण्ड तयार गर्ने निर्णयहरू पनि गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend