images

२०८३ आश्विन २ गते

images
images
images

हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै

हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँः हिमाली जिल्ला हुम्लामा हराउँदै गएको कोदो खेती प्रति पछिल्लो समय किसानहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। विगतमा परम्परागत रूपमा खेती गरिँदै आएको कोदो पछिल्लो समय आर्थिक र पोषणको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्।

    images
    images

    सर्केगार्ड गाउँपालिका–३ की किसान जुना फडेरा भन्छिन्, “पहिले आफैँ खान मात्र लगाइन्थ्यो, अब त बिक्रीबाट राम्रै आम्दानी हुन थालेको छ।” उनले यस वर्ष सात हलबाट आठ हलसम्म कोदो खेती विस्तार गरेकी छन्। कोदोबाट रोटी, ढिँडो बनाएर उपभोग गर्नुका साथै आधा उत्पादन बिक्री गरेर राम्रो आम्दानी हुने भएकोले यो खेतीमा रूचि बढेको उनले बताइन्।

    त्यस्तै, सिमकोट गाउँपालिका की जसमति रोकाया ले सदरमुकाम नजिकै पाँचदेखि सात क्विन्टलसम्म कोदो उत्पादन गर्न थालेको जानकारी दिइन्। “पहिले त्यति ध्यान दिइएन, तर अहिले कोदोको फाइदा थाहा पाएपछि रोप्न थालेको हुँ,” उनले भनिन्।

    images
    images

    कृषि विकास कार्यालय, हुम्लाका प्रमुख चुडामणि पन्त का अनुसार आर्थिक वर्ष २०८१।०८२ मा १,०६२ हेक्टर जमिनमा कोदो खेती गरी १,१२५ मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्ष सोही क्षेत्रफलबाट १,१२३ मेट्रिक टन उत्पादन भएको थियो। यसले उत्पादनमा बर्षेनी वृद्धि भइरहेको देखाउँछ।

    उक्त वर्ष थप ३० हेक्टर जमिनमा कोदो खेती भएको जानकारी दिँदै प्रमुख पन्तले प्रति हेक्टर उत्पादकत्व १।५९ मेट्रिक टन पुगेको बताए। उनले सिँचाइको कमी र परम्परागत तरिका कारण उत्पादन सीमित भएको उल्लेख गर्दै भने, “यदि सिँचाइ सुविधा र मलखादको उचित मात्रा मिल्यो भने उत्पादन अझै बढ्न सक्छ।”

    त्यसैगरी, हुम्लामा उत्पादन भएको प्राङ्गारिक कोदो बाह्य बजारसम्म पठिन थालेपछि किसानको आम्दानीमा उल्लेखनीय वृद्धि भएको पनि देखिएको छ। यसले कोदो खेतीलाई व्यावसायिक बनाउँदै लगेको संकेत गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend