images

२०८३ आश्विन २ गते

images
images
images

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • रसुवा। गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

    images
    images

    काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार संघका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्। शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए।

    गोसाइँकुण्डमा हिमालयन उद्धार संघले ६ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पुर्‍याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन्।सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend