images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए...

जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प

जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अर्को झट्का लागेको छ । मेरिल्याण्डको सङ्घीय अदालतले अमेरिकामा अवैध वा अस्थायी रूपमा बसोबास गर्ने मानिसका छोराछोरीलाई नागरिकता दिइने छैन भनेर ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएको छ ।

    images
    images

    जन्मसिद्ध अधिकार खारेज गर्ने ट्रम्पको नीतिलाई कुनै अमेरिकी अदालतले अवैध घोषित गरेको यो चौथो पटक हो ।  ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औँ संशोधनको उल्लङ्घन गरेको मेरिल्याण्डकी अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले स्पष्ट पारेकी छिन् । अमेरिकामा जन्मेका सबै बच्चा नागरिकताको हकदार भएको उनले भनिन् ।

    आमाबाबुको कानुनी स्थितिलाई जे जस्तो भए पनि ती बच्चा नागरिकताको हकदार भएको उनको भनाइ थियो । अदालतले यो आदेश २०२५ को फेब्रुअरी १९ पछि जन्मेका सबै बच्चाहरूमा लागू गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend