images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • शाखा अधिकृतहरूको सरुवा, सात जना गाउँपालिकामा...

शाखा अधिकृतहरूको सरुवा, सात जना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

शाखा अधिकृतहरूको सरुवा, सात जना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं, २३ साउन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूलाई विभिन्न स्थानमा पदस्थापन गरिएको छ, जसमा सात जना शाखा अधिकृतहरूलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।

    images
    images

    प्राप्त विवरण अनुसार निम्न शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छः

    कुलराज पौडेल–रघुगंगा गाउँपालिका, म्याग्दी,चेतनारायण भण्डारी–जलजला गाउँपालिका, पर्वत,राजिवकुमार झा–बरियापट्टी गाउँपालिका, सिरहा,लालवावु यादव–नरहा गाउँपालिका, सिरहा,दिलकुमार लिम्बु–सन्दकपुर गाउँपालिका, इलाम,रामप्रसाद शर्मा–कैशाल गाउँपालिका, मकवानपुर,एकनारायण भण्डारी–खनियावास गाउँपालिका, धादिङ

    images
    images

    उनीहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कार्यभारमा खटाइएको हो।

    त्यसैगरी, हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू मध्येः

    शिवेन्द्रकुमार मण्डल (नरहा गाउँपालिका, सिरहा)–जिल्ला समन्वय समिति, धनुषा,अमुल श्रेष्ठ (कैशाल गाउँपालिका, मकवानपुर)–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,छोईसाङ तामाङ (खनियावास गाउँपालिका, धादिङ)–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन्।

    मन्त्रालयको यस निर्णयसँगै सम्बन्धित गाउँपालिकामा प्रशासनिक कामकाज थप सशक्त हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend