म्याग्दी, बेनी–म्याग्दीको बेनीस्थित एक होटलमा खाना खाएर नक्कली नेपाली नोट प्रयोग गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उक्त व्यक्तिले रु.१००० को नक्कली नोट प्रयोग गरी होटलको बिल तिरेका थिए। घटना भईसके पछि होटल सञ्चालकले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको तत्काल अनुसन्धान पछि फरार रहेका व्यक्तिलाई छोटो समयमै पक्राउ गरिएको जनाइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको र नक्कली नोट कहाँबाट कसरी आयो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै पनि नोट शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरिएको छ।




.gif)





