images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बागमती प्रदेशमा गाईजात्राको अवसरमा आज सार्वजनिक...

बागमती प्रदेशमा गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं, साउन २५ – बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा साउन २५ गते (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images
    images

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशित गर्दै औपचारिक रूपमा बिदा घोषणा गरिएको हो।

    निर्णय अनुसार उक्त दिन बागमती प्रदेश अन्तर्गतका सबै सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघ–संस्था बन्द रहनेछन्।

    images
    images

    गाईजात्रा काठमाडौं उपत्यका सहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा विशेष रूपमा मनाइने नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। पितृहरूको स्मरण र श्रद्धाका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा सिँगारी टोलटोल घुम्ने, नाचगान गर्ने, व्यंग्य–प्रहसन प्रस्तुत गर्ने तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा छ।

    गाईजात्रा विशेष गरी मृतात्माको चिरशान्तिका लागि मनाइने मान्यता रहेको यस पर्वले समाजमा सांस्कृतिक चेतना, सामाजिक एकता तथा हास्यव्यङ्ग्य मार्फत सामाजिक विकृतिहरूलाई उजागर गर्ने उद्देश्य बोकेको हुन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend