images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ सम्पन्न, उत्पादन...

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ सम्पन्न, उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ सम्पन्न, उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • रुकुम पश्चिम, २६ साउन–रुकुम पश्चिमका सबै स्थानीय तहमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। जिल्लाको चौरजहारी, मुसिकोट, आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धान खेती हुने क्षेत्रहरुमा समयमै वर्षा र अनुकूल मौसमले गर्दा रोपाइँ निर्धारित समयभित्रै सकिएको कृषि विकास कार्यालय, रुकुम पश्चिमले जानकारी दिएको छ।

    images
    images

    कार्यालय प्रमुख भरतबहादुर बस्नेतका अनुसार, जिल्लामा कूल ३,०४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। “यस वर्ष सबै खेतीयोग्य जमिनमा रोपाइँ गरिएको छ,” उनले भने, “पछिल्लो आर्थिक वर्षको तुलनामा यसपटक १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अपेक्षा गरिएको छ।”

    जिल्लामा प्रायः खुमल–४ र ६, राधा–४ लगायतका हाइब्रिड जातका धान खेती हुने गरेको छ। बस्नेतका अनुसार, बाँझो जमिन समेत खेतीमा ल्याउन सके उत्पादनमा थप वृद्धि हुन सक्नेछ। सिँचाइ सुविधा विस्तार गर्न कार्यालयले विशेष योजना अनुरूप काम गरिरहेको जनाइएको छ।

    images
    images

    धान उत्पादन वृद्धि गर्न चैते धान खेतीमा पनि जोड दिइएको भए पनि योजना अनुरूप विस्तार हुन नसकेको कार्यालयको भनाइ छ। अघिल्लो वर्ष जिल्लामा १२,९५५ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष कीरा रोग नदेखिएको र समयमै वर्षा भएकोले उत्पादन बढ्ने आधार बलियो देखिएको बस्नेतले बताए।

    उत्पादन भएको धानमध्ये केही हिस्सा चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर निर्यात भइरहेको जनाइएको छ। यद्यपि, धान सहित समग्र खाद्यान्नमा रुकुम पश्चिम अझै आत्मनिर्भर बन्न नसकेको कार्यालयले स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend