images

२०८३ आश्विन २ गते

images
images
images

सानिमा बैंकको नाफा साढे २ अर्ब माथि, लाभांश दोब्बरले वृद्धि

सानिमा बैंकको नाफा साढे २ अर्ब माथि, लाभांश दोब्बरले वृद्धि

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक गरेको विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा प्रतिशतले बढी हो। अघिल्लो आवको असार मसान्तसम्म बैंकको नाफा २ अर्ब ३९ करोड रुपैयाँ थियो।   त्यसैगरी बैंकले अघिल्लो वर्ष ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

    images
    images

    यो अवधिमा बैंकको सञ्चालन नाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यससँगै प्रतिसेयर आम्दानी पनि १७.६५ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ।  यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ। बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो।बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ सञ्चिति रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

    बैंकले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो वर्ष १.७२ प्रतिशतमा रहेको खराब कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend