images

२०८३ आश्विन २ गते

images
images
images

आँखीभुईं थ्रेडिङ गर्दा कलेजो फेल भएपछि....

आँखीभुईं थ्रेडिङ गर्दा कलेजो फेल भएपछि....

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • भारतमा आँखीभुईंको थ्रेडिङ गरेकै कारण एक महिलाको कलेजोमा समस्या देखिएको समाचार प्रकाशमा आएको छ । इन्ष्टाग्राम रिलमा अदितिज धमिजा नाम गरेका डाक्टरले अचम्मको घटना सुनाएका छन् ।उनका अनुसार स्थानीय ब्युटी पार्लरमा आँखीभुईं थ्रेडिङ गर्न गएकी एक महिलाको केही दिनपछि कलेजोले काम गर्न छाड्यो । अस्पतालमा जँचाउने क्रममा उनको कलेजो फेल भएको पाइयो । 

    images
    images

    पार्लरमा अरू कुनै ग्राहकलाई प्रयोग गरिसकेको धागो ती महिलाको आँखीभुईं उखोल्न प्रयोग भएकोले उनलाई भाइरल हेपाटाइटिस सर्‍यो । आँखीभुईं उखेल्न प्रयोग गरिएको धागोबाट कलेजो नै क्षति हुने रोग लाग्न सक्छ त ? यसको उत्तर हो– ‘सक्छ’ । पार्लरमा उपयुक्त सरसफाइ पालना गरिएको छैन भने यस्तो हुन सक्छ । प्राविधिक रूपमा भन्नु पर्दा धागोले त कलेजो बिगार्दैन । तर पार्लरले एउटै धागो कयौँ ग्राहकमा प्रयोग गरिरह्यो वा यस क्रममा हात धुन वा स्यानिटाइज गर्न बिर्सियो भने अवस्था जोखिमयुक्त हुन सक्छ । 

    थ्रेडिङ गर्ने क्रममा यस्तो धागोले काटेर लाग्ने सानो घाउ वा चोटबाट हेपाटाइटिस बी वा सी जस्ता रोगका भाइरस शरीरभित्र पस्छन् । सधैं यी भाइरसका तत्कालै लक्षण देखिँदैनन् । बिस्तारै बिस्तारै समय बित्दै जाँदा वर्षौँ लगाएर यसले कलेजो बिगारिदिन्छन् । समयमै उपचार भएन भने क्रोनिक हेपाटाइटिसका कारण कलेजो सुन्निने, सिरोसिस गराउने वा कलेजोको कामै ठप्प हुने (दुर्लभ केसमा) पनि हुन सक्छ । 

    images
    images

    सबैभन्दा खराब कुरा त के हो भने निकै धेरै क्षति नभईकन मानिसले मलाई यस्तो भएको छ भन्ने पनि थाहा पाउँदैनन् । हेपाटाइटिस भाइरल फिभर होइन । यसले महिनौं वा वर्षौँ लगाएर कलेजोमा आक्रमण गर्छ । यस क्रममा कहिलेकाँही जन्डिस हुन्छ । कलेजो सुन्निन्छ । क्रोनिक हेपाटाइटिस हुन सक्छ । कलेजोले पूरै काम गर्न छाड्छ । स्थिति बिग्रिदै गएर कलेजोको क्यान्सर समेत हुन सक्छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend